PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेश ५ सरकारको सय दिन: अभूतपूर्व काम गरेको मुख्यमन्त्रीको दाबी



चन्द्रकान्त खनाल

प्रदेश ५ सरकारको सय दिन: अभूतपूर्व काम गरेको मुख्यमन्त्रीको दाबी

रुपन्देहीः प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेलले सीमित साधन श्रोतकाबीच पनि प्रदेश सरकारले अभूतपूर्व काम गरेको दाबी गरेका छन्।

प्रदेश सरकारले एक सय दिनमा गरेका कामका सम्बन्धमा जानकारी गराउन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले संवैधानिक दृष्टिकोणमा धेरै काम गर्न नसके पनि परिस्थितिका दृष्टिकोणमा सीमित  साधन श्रोतको उपयोग गरी अभूतपूर्व काम गरेको बताएका हुन्।

उनले प्रदेश नम्बर ५ को सरकार प्रदेशको अवस्था, सीमा र विकासको योजनामा स्पष्ट भएकाले कुनै अलमल वा दुविधामा नरहेको स्पष्ट पारे। मुख्यमन्त्री पोखरेलले अहिले प्रादेशिक योजना आयोगले आवधिक योजना बनाइरहेकाले आगामी बर्षदेखि योजनाबद्ध विकास गर्ने बताए।

केन्द्रको सरकारले प्रस्तुत गर्ने बजेटमा प्रदेश नम्बर ५ को बजेट निर्भर हुने उल्लेख गर्दै उनले प्रदेश सरकारको प्रस्ताव वा सोच अनुसारको बजेट केन्द्रमा प्रस्तुत भए प्रदेश सरकारले आगामी बर्षमा जनतालाई प्रत्यक्ष प्रत्याभुति दिलाउन सक्ने बताए।

मुख्यमन्त्री पोखरेलले प्रदेशको नाममा समस्या नभए पनि स्थायी राजधानी तोक्ने कुरा पेचिलो विषय भएकाले हतार नगरिएको उल्लेख गरे।

‘स्थायी राजधानीमा सहमति जुटाउने कुरा पेचिलो विषय हो, यसमा समय र मेहनत दुबै लाग्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘ढिलो भएपनि अर्को वर्षसम्म त टुंगो लगाउनै पर्छ, तर संकेत भने वजेटमै पाउनुहुन्छ  किनकी प्रदेश सरकारका लागि स्थायी संरचना बनाउनुपर्छ।’

पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले एक सय दिनमा गरेका ४७ बुँदे कामको विवरण  सार्बजनिक  गरेका हुन्। 

प्रदेश ५ को सरकारले सय दिनमा केके गर्‍यो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell