PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

कांग्रेसले संसदमा सशक्त भूमिका निभाउन नसक्दा लोकतन्त्र गुम्ने खतरा - डा शेखर कोइराला 



पहिलोपोस्ट

कांग्रेसले संसदमा सशक्त भूमिका निभाउन नसक्दा लोकतन्त्र गुम्ने खतरा - डा शेखर कोइराला 

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा शेखर कोइरालाले  संघीय संसदमा आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस मौन बसेपछि डा कोइरालाले गृह नगर विराटनगर आएर यस्तो अभिव्यक्ती दिएका हुन्।
 
कोइरालाले सोमवार गुराँस पुस्तकालको ४८ औं स्थापना दिवसमा भने, 'सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले  समर्थन जनाउनु पर्थ्यो या विरोध। मौन बस्नु दुर्भाग्य हो, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ।'

'कांग्रेस मौन बस्नुले विरोध वा समर्थन के गरेको बुझ्न सकिएन,' कोइरालाको जिज्ञासा थियो । कांग्रेस सभापति शेरवहादुर देउवाको कार्यशैली प्रति असन्तुष्ट देखिदै आएका  कोइरालाले पार्टीमा जस्तै संसदमा पनि कांग्रेसको उपस्थिति सभापतिले कमजोर बनाएको  टिप्पणी गरे।
 
संसदमा प्रतिपक्ष कमजोर बन्दा लोकतन्त्र कमजोर बन्ने खतरा बढछ  कोइरालाले भने, 'कांग्रेसले  प्रतिपक्ष जस्तो व्यवहार पनि देखाउन सकेन र काम पनि गर्न सकेन।' 

संसदमा कांग्रेसको भूमिका सशक्त हुनुपर्ने उनको सुझाव थियो। प्रतिपक्षी सशक्त हुन नसक्दा सरकार तानाशाही बन्दै जाने उनको ठोकुवा छ। आफ्नो कार्यकाल अझै ३ बर्ष बाँकी रहेको सार्वजनिक अभिव्क्ती दिदै हिडेका  सभापति देउवासँग कोइरालाको प्रश्न थियो, 'विधान अनुसार निर्वाचित भएका सभापति विधान अनुसार नै १ बर्ष ९ महिनापछि स्वत हटनु हुनेछ।' 

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिले लोकतन्त्र गुम्ने त होइन भन्ने काला बादलहरु देखा परिरहेको उल्लेख गर्दै कोइरालाले भने, 'त्यसैले  कांग्रेस सशक्त प्रतिपक्षी बन्न सकेन भने प्राप्त उपल्ब्धि गुमेर जाने खतरा बढन सक्छ।' गणतन्त्र दिवसको अवसरमा वालकृष्ण ढुंगेललाई आम माफी दिने ओली सरकारको रवैयाले प्राप्त लोकतन्त्र गुम्ने खतर बढेको उनको संकेत थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell