PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

डोटी जीप दुर्घटनाः गम्भीर घाइतेलाई उपचारको लागि नेपालगञ्ज लगियो



पहिलोपोस्ट

डोटी जीप दुर्घटनाः गम्भीर घाइतेलाई उपचारको लागि नेपालगञ्ज लगियो
तस्विरः कर्ण चन्दको फेसबुकबाट

डोटीः डोटीको बोगटान गाउँपालिका ६ गगुडामा भएको जीप दुर्घटनामा घाइते लालमती थापालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हेरम्व शर्माले गम्भीर घाइतेको थापालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए।

दुर्घटनामा घाइते अन्य ११ जनाको डोटीको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दिपायलबाट बोगटानका लागि छुटेको शैलेश्वरी यातायातको से १ ज ८७७ जीप गगुडाको पलाडी भन्ने ठाउँमा सोमबार साढे ४ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा चार जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell