
रुपन्देहीः तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ स्थित श्रीराम कपास उद्योगमा आगलागी भएको छ।
तिलोत्तमा नगरपालिका १२ नम्बरचोक नजिकै रहेको उद्योगमा बिहान ४ बजेतिर विद्युत् सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उद्योगमा लागेको आगो स्थानीय र दमकलको सहायतामा डेढ घण्टापछि साढे ५ बजे निभाइएको थियो।
आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ।