PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पाँचथरमा '१०० कडा १०'



पहिलोपोस्ट

पाँचथरमा '१०० कडा १०'

काठमाडौं: '१०० कडा १०' को टिम यतिखेर पुर्वको पाँचथर पुगेको छ। गीत छायाँकनका लागि फिल्म निर्माण टिम त्याहाँ पुगेको हो। 
भ्रष्टाचार भर्सेस प्रेममा आधारित फिल्मको छायाँकन अबको १० दिनमा सकिनेछ।

फिल्मका प्रचार संयोजक तथा एसिस्टेन्स डाईरेक्टर सुदिप पौडेलले जनाए अनुसार छायाँकन सकिएसँगै किन्डेल सिने स्टूडियोमा फिल्मको पोस्ट प्रडक्सन शुरु हुनेछ। फिल्ममा अभिनेता अम्रित ढुङ्गाना र करुणा श्रेष्ठको मुख्य अभिनय रहनेछ। करुणा डेव्यू कलाकार हुन्। 

रज्जु प्रधान र उत्तम खत्री फिल्मका निर्माताहरु हुन्। टिमले मंसिरमा फिल्म प्रदर्शन टार्गेट गरेको छ। निर्देशक पाठकले यसअघि हिट फिल्म 'प्रेमगीत २' निर्देशन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell