PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

जनकपुरमा यसरी मनाइयो गणतन्त्र दिवस



राधेश्याम पटेल

जनकपुरमा यसरी मनाइयो गणतन्त्र दिवस

वीरगंज: शहीदहरुको बलिदानीपश्चात मुलुकमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै प्रदेश नं २ सरकारले गणतन्त्र दिवस मनाएको हो। दिवसको अवसरमा
प्रदेश सरकारले आज विहान जानकी मन्दिरबाट शुरु गरेको प्रभात फेरी रामानन्द चौक, पिराडी चौक हुँदै जनकपुर चुरोट कारखानास्थित कवर्डहल पुगेर समारोहमा परिणत भएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शहीदहरुको बलिदानीमा प्राप्त गणतन्त्रलाई अझै सुदृढ गर्दै लैजाने सबैको जिम्मेवारी भएको बताए। गणतन्त्रका प्रथम अभियन्ता रामराजाप्रसाद सिंहलाई स्मरण गर्दै गणतन्त्र प्राप्तिका लागि बलिदानी दिने ज्ञात अज्ञात शहीदहरु प्रति उनले श्रद्धाञ्जली अर्पण गरे। २००७ सालको क्रान्तिदेखि विभिन्न
चरणको प्रजातान्त्रिक आन्दोलन, माओवादीको जनयुद्ध र मधेश विद्रोहको जगमा मुलुक लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति गरेको उनको भनाई थियो।

मुख्यमन्त्री राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, उच्च अदालत जनकपुरका न्यायधिश, प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कर्मचारीको सहभागिता थियो। यसअघि हिजो विहान गणतन्त्र दिवसकै अवसर पारेर जानकी मन्दिर देखी रामानन्द चौकसम्म सरसफाई समेत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell