PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

नेपथ्यको 'कुरुप अनुहार' सार्वजनिक



पहिलोपोस्ट

नेपथ्यको 'कुरुप अनुहार' सार्वजनिक

काठमाडौं: लोकप्रिय ब्याण्ड नेपथ्यको दशौं एल्वममा समावेश गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। एल्वममा समावेश  छैठौं गीत  'कुरुप अनुहार'को भिडियो सार्वजनिक भएको हो।

गीतमा सरुभक्तको शब्द र विक्रम गुरुङको संगीत रहेको छ। यसअघि एल्वमका ‘कोशीको पानी’, ‘शिरफूल’, ‘रामारामा’, ‘हामी नेपाली’ र ‘सम्झिराख’ बोलका गीतहरुको म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्। 

म्यूजिक भिडियोमा प्रयोग गरिएको दृश्यहरु ब्याण्डले गत वर्ष आफ्नो अष्ट्रेलिया र न्यूजिल्याण्ड कन्सर्ट गर्दाका दौरान खिचिएको हो।
नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘कुरुप अनुहार हो गाउँदै गर्दा मञ्चमा म जति आनन्दित महशुस गर्छु त्यस्तै आनन्द अब यसका श्रोता र दर्शकहरुलाई पनि मिलोस्।’

 नेपथ्यका ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझी छन्।



 













 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell