PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेश ५ मा सार्वजनिक बिदाका साथ गणतन्त्र दिवस मनाइँदै



चन्द्रकान्त खनाल

प्रदेश ५ मा सार्वजनिक बिदाका साथ गणतन्त्र दिवस मनाइँदै

रुपन्देहीः गणतन्त्र दिवसको अवसरमा आज प्रदेश नम्वर ५ को अस्थायी केन्द्र बुटवलमा बिभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईएको छ।
बिहान बुटवलको बसपार्कदेखि बुटवलमण्डप स्थित गणतन्त्र पार्कसम्म प्रभातफेरी र त्यस पश्चात गणतन्त्र मुल समारोह सम्पन्न भएको छ।

प्रभातफेरी र मुल समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, जनप्रनिधि, कर्मचारी, सुरक्षा निकाय, उद्योगी व्यवसायीसहित उपस्थिति थियो।

प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा भएको मुल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले संघिय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दीगो शान्ति, सुशासन र समृद्ध राष्ट निर्माणमा सबै नेपाली एकजुट भई अघि बढन प्रेरणा दिने कामना गरे।

उनले केन्द्रीय सरकारले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य अघि सारीरहेकोमा त्यसलाई सार्थक बनाउन प्रदेश सरकारले समृद्ध प्रदेश खुशी जनताको लक्ष्य अघि सारेको बताउदै राष्ट्र निर्माणको महाअभियानमा सहयोग गर्न सबै प्रदेशबासीमा आग्रह गरे।

मुख्यमन्त्री पोखरेलले आउदो बर्षदेखि  प्रदेश र स्थानीय तहका सरकारहरु प्रभावकारी जनतालाई प्रत्याभुति दिलाउने गरी अघि बढ्ने पनि वताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अंग्रेजलाई हराएको ऐतिहासिक जितगढी किल्ला रहेको बुटवललाई समृद्ध बनाउदै प्रदेश र देशलाई समृद्ध बनाउन सबै नेपाली एक जुट हुनुपर्ने वताए।

गणतन्त्र मुल समारोहमा ब्यानर नै नराखिएकोप्रति भने सहभागी सबैले आश्चर्य व्यक्त गरेका थिए। 

प्रदेश नम्वर ५ को सरकारले आज प्रदेश नम्वर ५ का १२ जिल्लामा सार्बजनिक बिदा दिइएको छ।आन्तरीक मामिला तथा कानुन मन्त्रालयको निणर्यलाई प्रदेश मन्त्रिपरिषदको बैठकले अनुमोदन गरी सार्बजनिक बिदा दिने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell