PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'नेपाल्स सिङ्गिङ एण्ड डान्सिङ सुपरस्टार' बन्न चाहनु हुन्छ ?



पहिलोपोस्ट

 'नेपाल्स सिङ्गिङ एण्ड डान्सिङ सुपरस्टार' बन्न चाहनु हुन्छ ?

काठमाडौं: रियालिटी सो 'नेपाल्स सिंगिंग एण्ड डान्सिङ सुपरस्टार' आयोजना हुने भएको छ। सनराज ईन्टरटेन्टमेन्टको आयोजनामा रियालिटी सो  हुने आयोजकद्वय राजन कार्की र सन्तोष  शर्माले जनाएका छन्।  

गायक आनन्द कार्की र  नृत्य निर्देशक गोविन्द राई सोका निर्णायक रहनेछन्। राष्ट्रिय र स्थानीय टेलिभिजनबाट कार्यक्रम एकैसाथ प्रशारण हुनेछ। साउनबाट अडिसन सुरु हुनेछ। 

 साउन १९ गते पोखराबाट शुरु हुने अडिसन साउन २१ गते लम्जुङ्ग, २५ गते भक्तपुर, २६ गते काठमाडौं, भाद्र १६ झापा, १८ गते ईटहरी,  भाद्र २० गते हेटौंडा, २२ गते चितवन, २३ गते बुटवल र  भाद्र २६ गते नेपालगंजमा  हुने आयोजकले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell