PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बजेट आउने दिन शेयर बजारमा एकाएक किन घट्यो?



पहिलोपोस्ट

काठमाडौं : आगामी आर्थिक वर्ष २०७५/०७६को बजेट आउने दिन शेयर बजारमा रौनक देखिएन।

नेपाल स्टक एक्सचेञ्जको कारोवार मापक सूचक मंगलवार ९.१८ अंकको गिरावट आएको छ। कारोबार मापक सूचांक १ हजार ३ सय २७.२१ अंकमा झरेको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०२ अंकले घटेर २७९.४६ अंकमम ओर्लिएको छ।

कारोबारको पहिलो १० मिनेटमै बजार चार अंकले बढेर १३४० अंकमा उक्लिएको थियो। त्यसपछि विस्तारै घटेको बजार पौने एक बजेसम्म १२ अंक घटेर १३२४ अंक सम्म ओर्लिएको थियो। त्यसपछि विस्तारै उकालो लागेको बजारले साढे १२ बजे १३३७ अंक भेट्टाएको थियो। तर, वृद्धि लामो समय टिकाउ हुन सकेन र बजार पुन ओरालो लागेको थियो। एक बजे देखि सामान्य देखिएको बजार अन्तमा खुम्चिएर बन्द भएको छ।

मंगलवार १६७ कम्पनीका आठ लाख ४० हजार कित्ता शेयर ४१ करोड ७४ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी एनएमबी बैंकको तीन करोड रुपैयाँ बराबर कारोबार भयो। एनएमबी बैकले एफपिओ निष्काशन गर्ने सुचना आएसँगै यसमा लगानीकर्ताले खरिद बिक्री बढाएका हुन्।

उपसूचक मिश्रित देखिएको छ। नौ समुहको कारोवारमा वीमा बाहेक सबै घटेका छन्। वीमा ५.६९ अंकले बढेको छ। बैंक १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत १३.३३, फाइनान्स २.९६, उत्पादनमूलक समुह २०.६, अन्य १.४६ र लघुवित्त १५.४८ अंकले घटेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell