PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

बेरोजगारलार्इ रोजगारी दिन ३ अर्ब १० करोड रुपैयाँ



पहिलोपोस्ट

बेरोजगारलार्इ रोजगारी दिन ३ अर्ब १० करोड रुपैयाँ

काठमाडौं : वेरोजगार युवायुवतीलार्इ रोजगार दिन प्रधानमन्त्री रोजगारी कार्यक्रम सुरु गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सबै विकास निर्माणका कामलार्इ एकीकृत गरेर रोजगारीमा सहभागी गराइने उल्लेख छ।

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो ऋणमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने बताए।
 
यसैगरी विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ। परियोजनाको बीमा हुने छ भने पर्याप्त धितो पनि लिइने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell