
काठमाडौं : काम र रोजगारीलाई प्राथमिकता दिँदै आगामी बजेटमा रोजगार सिर्जनाका लागि 'प्रधानमन्त्री रोजगार कार्यक्रम' शीर्षकमा ३ अर्ब १० करोड बिनियोजन गरिएको छ।
अर्थमन्त्री युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपाली नारा पूरा गर्नकालागि नयाँ बजेट लक्षित भएको बताउँदै रोजगारी सिर्जनाका लागि प्रदेशको सहयोगमा रोजगारी सूचना केन्द्र स्थापना गर्ने समेत बजेटमा उल्लेख छ। रोजगारीकालागि छोटा समयको तालिम दिने तथा अवसरहरुको सिर्जना गर्ने समेत बजेटमा उल्लेख छ।
यसकालागि शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म ऋण दिने बजेटमा उल्लेख छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सबै विकास निर्माणका कामलार्इ एकीकृत गरेर रोजगारीमा सहभागी गराइने उल्लेख छ।
यसैगरी विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ। परियोजनाको बीमा हुने छ भने पर्याप्त धितो पनि लिइने छ।