PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

काभ्रेमा एयरपोर्ट बनाउन सम्भाव्यता अध्ययनका लागि छुट्याइयो बजेट



पहिलोपोस्ट

काभ्रेमा एयरपोर्ट बनाउन सम्भाव्यता अध्ययनका लागि छुट्याइयो बजेट

काठमाडौं : आर्थिक वर्ष २०७५/०७६ मा सरकारले हवाई क्षेत्रको सुधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।
 
सरकारले निजगढ स्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडि बढाउने भएको छ। साथै काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधार गरिने भएको छ।
 
भैरहवामा गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।
 
त्यस्तै विराटनगर, जनकपुर र धनगढी विमानस्थलको स्तरोन्नती गरी छिमेकी देशहरुसँग हवाई सम्पर्क बढाउने समेत सरकारले बजेटमा उल्लेख गरेको छ। त्यस्तै दाङमा वैकल्पिक विमानस्थल निर्माणलाई समेत प्रथमिकतामा राखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनिकरणका लागि काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्नका लागि समेत बजेट विनियोजन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell