
काठमाडौं : सरकारले मेगासिटीको अवधारणामा अत्याधुनिक शहर निर्माणको लागि बजेट विनियोजन गरेको छ।
यो शहरको विस्तृत अध्ययन सुरु भइसकेको छ। यही वर्षदेखि सात वटा मेगासिटी निर्माण गर्नका लागि अध्ययन सुरु भएको थियो।मेगासिटीको मोडालिटी तयार गर्न मात्रै तीन वर्ष लाग्नेछ सन् २०२१ सम्म कस्तो बनाउने भनी मोडालिटी तयार हुनेछ।मोडालिटी तयार भैसकेपछि आवश्यक पुर्वाधार बनाउन सुरु गरिने बताइएको छ।
यी हुन् मेगासिटी बन्ने शहर ?
१)विराटनगर-इटहरी-धरान
२)बुटवल-भैरहवा-लुम्विनी-कपिलवस्तु
३)पोखरा-दमौली
४)विरगञ्ज-सिमरा-पथलैया
५)हेटौडा-भरतपुर-बर्दघाट
६)नेपालगञ्ज-कोहलपुर
७)धनगढी-गोदावरी
कस्तो हुन्छ मेगासिटी ?
मेगासिटीमा साना शहरलार्इ गाभेर बनाइन्छ।मेगासिटीमा सबै सुविधा हुन्छ।विकसित मुलुकमा एउटा मेगासिटीमा एक करोड मानिस बस्छन्।मेगासिटीमा एउटा अत्याधुनिक शहरमा हुने सबै खालका पुर्वाधारहरु हुने विभागले जनाएको छ।मेगासिटीमा औद्योगिक क्षेत्र,बजार,बसोबास,वित्तिय क्षेत्र व्यवस्थित रुपमा निर्माण हुन्छ। अहिले नेपालमा शहरीकरण योजनाबद्ध रुपमा भएको पाइदैन्।योजनाबद्ध शहरीकरणका लागि मेगासिटी निर्माणको अवधारणा ल्याइएको हो।मेगासिटीमा सरकार मात्रै नभर्इ स्थानीय वासिन्दाको समेत लगानीमा निर्माण हुन्छ।
शहरी पुर्वाधार निर्माण गर्न एउटा मेगासिटीलार्इ कम्तीमा ६ अर्व रुपैयाँ बजेट आवश्यक हुने विभागको अनुमान छ।कम्तीमा १० बर्षमा आधारभुत भौतिक पुर्वाधारको विकास गर्ने योजना छ।