PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विदेशबाट फर्किँदा सय ग्राम काँचो सुन ल्याउन पाउने



पहिलोपोस्ट

विदेशबाट फर्किँदा सय ग्राम काँचो सुन ल्याउन पाउने

काठमाडौं : सरकारले विदेशबाट फर्कने नेपालीले १ सय ग्रामसम्म काँचो सुन महसूल तिरेर ल्याउन पाउने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७५/७६ को आर्थिज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो व्यवस्था गरिएको जानकारी दिएका थिए।

२०७३ साउन १ गतेदेखि सरकारले विदेशबाट फर्कने नेपालीले महसूल तिरेर पनि काँचो सुन ल्याउन नपाउने गरी प्रतिबन्ध लगाएको थियो।  ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुने व्यवस्था थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell