PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

कर्मचारीको तलब बढेन, भत्ता दुई हजार



पहिलोपोस्ट

कर्मचारीको तलब बढेन, भत्ता दुई हजार

काठमाडौं : सरकारले कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता वितरण गर्ने भएको छ। तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने अर्थमन्त्री डा युवारज खतिवडाले घोषणा गरेका छन्।

यसैगरी सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्‍याएको छ। कर्मचारीको तलब पुनरावलोकन गर्न समिति गठन गर्ने पनि खतिवडाले घोषणा गरेका छन्।

कर्मचारीको बीमा २ लाख पुर्‍याइएको जसमा ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने र ५० प्रतिशत कर्मचारीले व्यहोर्ने गरी बजेटमा ब्यबस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell