PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मोटरसाइकल र गाडीमा बढ्यो कर



पहिलोपोस्ट

मोटरसाइकल र गाडीमा बढ्यो कर

काठमाडौं : चालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका हुन्।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको यथार्थ खर्च १० खर्ब ४६ अर्ब रुपैयाँ हुने अनुमान गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको भए पनि त्यसको ८१ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।

८ प्रतिशत आर्थिक वृद्धिदर, ६.५ प्रतिशत मुद्रास्फिति र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान छ।

अर्थमन्त्री खतिवडाले सवारी साधन र घरजग्गा कारोबारमा कडा प्रहार गरेका छन्। १५० सिसीभन्दा ठुलो क्षमताका मोटरसाइकल र १ हजार सिसी क्षमताभन्दा ठुला सवारी साधनमा अन्त: शुल्क बढाइएको छ। घरजग्गा कारोबारमा कर नलाग्ने रकमको सीमा ३० लाख रुपैयाँबाट १० लाख रुपैयाँमा घटाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell