PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नक्कली प्रमाणपत्र र सरकारी कागज कीर्ते गर्ने दुई पक्राउ, समातिनेमा पत्रकार पनि



पहिलोपोस्ट

नक्कली प्रमाणपत्र र सरकारी कागज कीर्ते गर्ने दुई पक्राउ, समातिनेमा पत्रकार पनि

काठमाडौं : सरकारी कागजपत्र कीर्ते गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले यामाटो एजुकेशनल प्रालिका संचालक दीपबहादुर खत्री र देवराज साउदलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साउद पत्रकारसमेत हुन्। उनी पुलेसोडटकममा कार्यरत रहेकोसमेत प्रहरीले सार्वजनिक गरेको छ।

उनीहरुले बागबजारमा संचालन गरेको एजुकेशनल प्रालिबाट विभिन्न सरकारी कार्यालयको कागजातहरु, शैक्षिक संस्थाहरुको प्रमाणपत्र र भारत उत्तर प्रदेशका शैक्षिक संस्थाहरुको प्रमाणपत्र कीर्ते गरेको भेटिएको प्रहरीले जनाएको छ। मुलुकी ऐन अन्तर्गत कीर्ते कागज महलको १२ नम्बर बमोजिम १ वर्ष कैद सजाय हुने व्यवस्था छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell