PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बजेटमाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने



पहिलोपोस्ट

बजेटमाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने

काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको बजेटमाथि बिहीबारदेखि छलफल हुने सूचना सभामुख कृष्णबहादुर महराले सदस्यहरूलाई दिएका छन्। छलफलमा भाग लिने सदस्यहरूले आ–आफ्नो दलको कार्यालयमार्फत् नाम टिपाउन सक्नेछन्। 

सभामुख महराले सदस्यहरूलाई दिएको सूचना अनुसार बिहीबार, शुक्रबार र आउँदो आइतबार बजेटमाथि छलफल हुनेछ। 

संवैधानिक प्रावधान अनुसार बुधबार संघीय संसदमा पेस भएको बजेट छलफल भने प्रतिनिधिसभा र राष्ट्रियसभामा फरक फरक हुनेछ। बजेटमा उठेका प्रश्नमा अर्थमन्त्रीले दुबै सदनमा जवाफ दिनेछन्। 

सांसद्हरुले बजेटमा संशोधन दर्ताको समय पाउनेछन्। मूल विनियोजन विधेयक असार मसान्तभित्र पारित भइसक्नु पर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell