
धनगढीः मंगलबार साँझ आएको हावाहुरीले कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ।
हावाहुरीले टिकापुर नगरपालिकाका वडा नम्बर ६, ७, ८, ९ मा पर्ने घरहरूका छाना उडाएको छ। साबिकको धनसिघपुर गाविस र नारायणपुर गाविसमा घरका छाना उडाएको टीकापुर नगरपालिका वडा नम्बर ८ का दीर्घ बहादुर ठकुल्लाले बताए।
उनले सो क्षेत्रमा पर्ने तीन सय बढी घरका छाना उडाएको जानकारी दिए। उक्त क्षेत्रमा विद्युतको पोल समेत भाँचिएको उनले बताए।
उक्त क्षेत्रको क्षतिको विवरण संकलन गर्न लागिएको वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लाले बताए। जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे कुनै खबर नआएको जनाएको छ।