A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6996aa0eb19420.31362452): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6996aa0eb19420.31362452,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996aa0eb4d380.26072223): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996aa0eb4d380.26072223,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'सरकारी वकिलसँगको सेटिङ'मा छुटे म्यानपावर सञ्चालकः मुद्दा बुझाएको केही घण्टामै धरौटीमा रिहा
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

'सरकारी वकिलसँगको सेटिङ'मा छुटे म्यानपावर सञ्चालकः मुद्दा बुझाएको केही घण्टामै धरौटीमा रिहा



सविन ढकाल

'सरकारी वकिलसँगको सेटिङ'मा छुटे म्यानपावर सञ्चालकः मुद्दा बुझाएको केही घण्टामै धरौटीमा रिहा

काठमाडौँः गत बुधबार काठमाडौँबाट पक्राउ परेका याक्खा ‌ओभरसिजका सञ्चालक भीमबहादुर रोका धरौटीमा छुटेका छन्।

मंगलबार साँझ रोका श्रम विभागमा दुई लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रोकालाई पक्राउ गरेको थियो।

गत बुधबार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको ओभरसिजमा छापा मारेको थियो। प्रहरीले ओभरसिजबाट मलेसिया पठाउन लागेका व्यक्तिको ६०१ थान राहदानी समेत बरामद गरेको छ।

तीनजनाको लगानी रहेको म्यानपावरका अन्य दुई जना भने फरार छन्। म्यानपावरमा अख्तायारका पूर्व आयुक्त दीप बस्न्यातका छोरा कमल बस्न्त्यातको लगानी रहेको छ। बस्न्यात फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।

धरौटीमा छुटेका रोकाले सरकारी वकिलसँग सेटिङ मिलाएर छुटेको स्रोतको दाबी छ। सरकारी वकिल कार्यालयले मुद्दा प्रहरीले हेर्ने होइन भन्दै श्रम विभागलाई दिन भनेको थियो।

प्रहरीले मंगलबार नै मुद्दा श्रम विभागलाई बुझाएको थियो। मुद्दा बुझाएको केही घण्टामा नै रोका छुटेका हुन्।

वैदेशिक रोजगारीमा मलेसिया जाने युवाका लागि माइग्रामका नाममा उनीहरूले १२५ रिंगिट (करिब १५ हजार) रुपैयाँ समेत लिएको प्रहरी अनुसन्धानमा देखिएको छ।

उनीहरूले विदेश पठाइदिने भन्दै महँगो शुल्क समेत उठाएको देखिएको छ। '१० हजारको भौचर बनाउने तर एक लाख २० हजार रुपैयाँ लिने गरेको भेटियो, ' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

२०७३ वैशाखबाट ‌माइग्राम कम्पनीसँग मिलेर याक्खाले ठगीको सुरु गरेको थियो।

मलेसिया जान लागेका युवाहरूले आफूहरूसँग एक लाख ३० हजार रुपैयाँ लिएको तर १० हजारको मात्र कागज गरेको प्रहरीमा लिखित बयान दिएका छन्। २०७२ जेठ २६ गतेको राज्यमन्त्रीस्तरीय बैठकले सातवटा खाडी मुलुकमा जानका लागि १० हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।

श्रम रोजगार मन्त्रालयले बायोमेट्रिक, भिएलएस, माइग्राम र जिएससी प्रणाली खारेज गरिसकेको छ। केही दिनअघि मात्र ठगी गरेको आरोपमा विभिन्न ३४ कम्पनीका ४० जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भिएलएनका रामप्रसाद श्रेष्ठ समेत रहेका छन्।

नेकपा एमालेको संरक्षणमा रहेका जिएसजी सर्भिस नेपालका सञ्चालक गोविन्द थपलिया भने अझै पक्राउ पर्न सकेका छैनन्। थपलिया प्रहरीको खोजी सूचीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell