PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विश्वकप टिममा परेका इंग्ल्याण्डका २३ मध्ये १२ खेलाडीको शरीरमा ट्याटु, कसको कस्तो?



पहिलोपोस्ट

विश्वकप टिममा परेका इंग्ल्याण्डका २३ मध्ये १२ खेलाडीको शरीरमा ट्याटु, कसको कस्तो?

इंग्लिस खेलाडी रहिम स्टर्लिङले आफ्नो खुट्टामा नयाँ ट्याटु बनाएपछि उनी यस साता चर्चामा छन्। म्यानचेष्टर सिटीका यी विंगरले दायाँ खुट्टामा एम १६ राइफल अंकित नयाँ ट्याटु खोपाएका हुन्।

ट्याटु बनाउने उनी एक मात्र इंग्लिस खेलाडी भने होइनन्। अर्को महिना रसियामा हुने विश्वकप खेल्न जानुअघि इंग्ल्याण्डका ट्याटु खोपाउने खेलाडीहरूको बारेमा डेलीमेलले चर्चा गरेको छ।

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेका २३ सदस्यी टोलीमध्ये आधा भन्दा बढीको जिउमा ट्याटु छ।

कप्तान ह्यारी केनसहित ११ खेलाडी ट्याटु खोपाएका छैनन् भने १२ खेलाडीले कुनै न कुनै स्थानमा ट्याटु खोपाएका हुन्।


कसको कस्तो ट्याटु

जोर्डन पिकफोर्डः उनको देब्रे हातको कुममा फूलको ट्याटु छ।

फावियन डेल्फः उनको छातीमा फेमिलि फरएभर भन्ने ट्याटु छ। यस्तै अन्य भागमा पनि विभिन्न ट्याटु बनाएका छन्।


फिल जोन्सः उनको दायाँ हातमा ट्याटु छ।

ड्यानी रोजः उनको पनि दुबै हातमा ट्याटु छ।


जोन स्टोन्सः उनले हातमा साथै तिघ्रामा पनि ट्याटु खोपाएका छन्।


किरण ट्रिपरः उनले छातीको बीचमा ठूलो डायमण्डको ट्याटु बनाएका छन्। उनको पनि दुबै हातमा ट्याटु छ।

केल वाल्करः वाल्करको दुबै हातमा ट्याटु छ। यस्तै छातीमा पनि विभिन्न ट्याटु खोपाएका छन्। 


एस्ले योङः उनले दुबै हातमा ट्याटु बनाएका छन्।

डेले अलीः उनले देब्रे हातमा बाम बाम रबलको ट्याटु बनाएका छन्।


जोर्डन हेन्डरसनः उनले आफ्नो बायाँ कोखमुनि आफ्ना दुई छोरीको नाम र जन्म मितिको ट्याटु बनाएका छन्।


रहिम स्टर्लिङः खुट्टामा गनको नयाँ ट्याटु खोपाएका स्टर्लिङको शरीरमा अन्य ट्याटु पनि छ।

जेमी भार्डीः भार्डीले आफ्नो शरीरको पछाडि भागमा भार्डी नाममै ट्याटु खोपाएका छन्।


यी हुन् ट्याटु नहुने ११ खेलाडी

ज्याट बटल्याण्ड, निक पोप, ट्रेन्ट एलेक्जान्डर अर्नोल्ड, ग्यारी काहिल, ह्यारी मगुइरे, एरिक डाएर, जेस लिनगार्ड, रुवेन लोफ्टस चेक, ह्यारी केन, मार्कोस रासफोर्ड, ड्यानी वेलब्याक
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell