PahiloPost

May 15, 2026 | १ जेठ २०८३

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह



पहिलोपोस्ट

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्ण उद्योग पुनःस्थापना क्षेत्रमा नेपाललाई सहयोग गर्न कतारसँग आग्रह गरेका छन्। 

आज यादवलाई भेट्न सिंहदरबार पुगेका नेपालका लागि कतारका राजदूत युसुफ विन महमद अल हेयलसँग मन्त्री यादवले यस्तो आग्रह गरेका हुन्। 

मन्त्री यादवले राजदूत हेयलसँग नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका थिए। 

मन्त्री यादवले कतारमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र अधिकारका विषयमा चासो व्यक्त गरेका थिए। 

सो अवसरमा राजदूत हेयलले कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेको बताएका थिए। उनले त्यसका लागि द्विपक्षीय लगानीका सम्झौता गरेर अगाडि बढ्न समेत अनुरोध गरे। 

कतारले वैदेशिक लगानीका लागि जग्गा, प्रवेशाज्ञा एवं अन्य सुविधा उपलब्ध गराउँदै आएकाले नेपालले पनि जग्गासहित अन्य आवश्यक सहयोग गरिदिन राजदूत हेयलले मन्त्री यादवसँग आग्रह गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell