
काठमाडौं: मोटरसाइकल दुघर्टनामा परी घाइते भएका गायक शिव परियारको अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ग्राण्डी अस्पतालमा उपचाररत थिए।
दुर्घटना भएपछि तत्काल इमर्जेन्सीमा पुगेका उनको उपचार ग्राण्डीका अर्थोपेडिक तथा स्पाइन सर्जन डा बिनोद बिजुक्छेको टिमले उपचार गर्यो।
शिवको गोडामा सफ्ट टिस्यु इन्जुरी अर्थात् मासुमा र तन्तुहरुमा चोट लागेको डाक्टर बिनोदले बताए। उनको गोडामा थोरै रगत जमेको र सो रगत सानो प्रोसपजर गरेर निकालिसकेको जानकारी समेत दिए। उनका अनुसार अब मासु र तन्तुमा लागेको चोट निको हुन तीनहप्ताजति समय लाग्नेछ।
शिवले अब केही समय नियमित फिजियोथेरापी गर्नुपर्नेछ।
राजधानीको बसुन्धारामा आइतबार बिहान शिवले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको थियो।