काठमाडौं: फिल्म ‘कोहलपुर एक्सप्रेस’ अस्ट्रेलिया प्रदर्शन हुने भएको छ। अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्मको अस्ट्रेलिया राइट्स राइट एण्ड एसोसियट्स एजुकेसनले लिएको हो। फिल्म पाँच हप्ता प्रदर्शन भयो।
विशाल भण्डारी निर्देशित कमेडी जनराको फिल्ममा केकी अधिकारी, रबिन्द्र झा, प्रियंका कार्की, ऋचा शर्मा, कुशाग्र भट्टराई, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ। अस्ट्रेलियामा ठूलो सङ्ख्यामा नेपाली फिल्म दर्शक रहेको बताउँदै राइट एण्ड एसोसियट्सका निर्देशक पी.आर. अधिकारीले भने,'नेपाली चलचित्रको बजार बिस्तारको लागि अन्तराष्ट्रिय प्रदर्शनको ठूलो भूमिका रहन्छ। यस्तोमा नेपाली फिल्म विदेशमा सार्वजनिक हुनु उता रहेका नेपालीको लागि पनि खुशीको कुरा हो।'
‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद रहेको छ।