PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पिएम कप क्रिकेट : प्रदेश ४ को पहिलो जितमा हरि चौहानको दुर्लभ कीर्तिमान, ब्याटिङमा शतक, बलिङमा ह्याट्रिक विकेट



पहिलोपोस्ट

पिएम कप क्रिकेट : प्रदेश ४ को पहिलो जितमा हरि चौहानको दुर्लभ कीर्तिमान, ब्याटिङमा शतक, बलिङमा ह्याट्रिक विकेट
शतक प्रहार गर्ने र ह्याट्रिक विकेट लिने प्रदेश ४ का हरि चौहान

काठमाडौं : हरि चौहानले अलराउण्ड प्रदर्शन गर्दै शतक बनाउनुका साथै ह्याट्रिक सहित ४ विकेट लिएपछि प्रदेश नम्बर ४ ले प्रधानमन्त्री पिएम कप वान डे क्रिकेटमा पहिलो जित हासिल गरेको छ।

जारी पिएम कपमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हरिले सोहि खेलमै ह्याट्रिक विकेट पनि लिए। उनी ह्याट्रिक विकेट लिने पनि पहिलो खेलाडी हुन्। दुवैमा पहिलो भएको हरि यस्तो दुर्लभ सफलता हात पार्ने खेलाडी बनेका छन्।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल ग्राउण्डमा भएको खेलमा प्रदेश ४ ले प्रदेश १२ लाई १२९ रनको फराकलो अन्तरले पराजित गरेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ प्रदेश ४ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१० रन बनाएको थियो।
पिएम कपमा शतक प्रहार गर्ने पहिलो खेलाडी हरि चौहान

उसका लागि हरिले ११३ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा १०० रन बनाए। पिएम कपमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी समेत बने। १२९ रनमा ५ विकेट गुमाएको प्रदेश ४ का लागि हरिले सुमन घिमिरेसँग छैटौँ विकेटका लागि १३६ रनको साझेदारी गर्दै उच्च स्कोर बनाउन सहयोग गरे। घिमिरेले ५३ बल खेल्दै समान ६ चौका र ६ छक्काको मद्दतमा ८३ रन जोडे। मन्जिल न्यौपानले २८ रन बनाए भने आक्रमक ब्याटिङ गरेका विपिन खत्रीले ९ बलमा नटआउट २९ रन जोडे। खत्रीले २ चौका र २ छक्का प्रहार गरे।

बलिङमा पुष्प थापा र सुनिल ढुंगानाले २-२ विकेट लिए।

शनदार ब्याटिङ गरेको हरिले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा ३११ रनको लक्ष्य पछ्याएको प्रदेश १ ३५ ओभरमा १८१ रनमै अलआउट भयो। प्रदेश १ का लागि ओपनर सुनिल ढुंगानाले सर्वाधिक ७१ रन बनाए भने मिनास थापाले १९ रनज जोडे। श्रवन यादव १९ रनमै नटआउट रहे।

बलिङमा प्रदेश ४ का लागि हरिले ५ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए।

ओपनिङ बलिङ गरेका हरिले पहिलो ओभरमै प्रदेश १ का ओपनर रवि रोएलाज्ञ शुन्यमा आउट गर्दै शादार सुरुवात गरेका थिए। त्यसपछि उनले ३५औँ ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पुरा गरे। उनले फिर्दोष अन्सारी, मनोज तामाङ र अभ्यास तिमल्सिनालाई लगातार आउट गरे।
पिएम कपमा  ह्याट्रिक विकेट लिने पहिलो खेलाडी प्रदेश ४ का हरि चौहान

यस्तै विपिन खत्रीले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर २ विकेट लिए। राजु गुरुङले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए।

प्रदेश ४ ले ३ खेल खेल्दा पहिलो जित हात पार्दै २ अंक जोडेको छ। समूह ए मा एपीएफ, प्रदेश ४, प्रदेश २ र प्रदेश १ ले समान २ अंक जोडेको छ। रनरेटमा एपीएफ पहिलो तथा प्रदेश ४ दोस्रोमा छ। एपीएपले १ तथा प्रदेश १ र २ ले समान २ खेल खेलिसकेका छन् भने प्रदेश ४ ले ३ खेल खेलिसकेको छ।

यस्तै मुलपानी क्रिकेट ग्राउण्डमा भएको समूह बी को खेल वर्षाले प्रभावित भएपछि प्रदेश ७ र ५ ले १-१ अंक बाँडेको छ।

३ खेलबाट ३ अंक नै जोडेको प्रदेश ७ समूह बी को शीर्ष स्थानमा छ। पुलिस र प्रदेश ३ ले खेलेको १-१ खेल जित्दै समान २ अंक जोडेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell