PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बजेटपछि कुन बाइकको कति बढ्यो प्राइस?



पहिलोपोस्ट

बजेटपछि कुन बाइकको कति बढ्यो प्राइस?

काठमाडौं : सरकारले बाइकमा सीसीका आधारमा अन्त:शुल्क निर्धारण गरेको छ। सरकारले बजेटमार्फत् १ सय ५० सीसी भन्दा बढीका बाइकमा अन्त:शुल्क बढाएको हो। पहिला सबै बाइकमा ४० प्रतिशत मात्रै अन्त:शुल्क लाग्ने गर्थ्यो।

बजेटमार्फत् १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्त:शुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर्‍याइएको छ। बजेटमा पाँच सय सीसी नाघेको तर ८ सय सीसी ननाघेको रेसिप्रोकेटिङ इन्टरनल कम्बसन प्रिष्टोन इन्जिन भएको बाइकमा ४० प्रतिशत अन्त:शुल्क बढाएर ८० प्रतिशत पुर्‍याइएको छ।

बजेटमा ८ सय सीसी नाघेको रेसिप्रोकेटिङ इन्टरनल कम्बसन पिष्टोन इन्जिन भएको बाइकमा ६० प्रतिशत बढाएर सय प्रतिशत अन्तशुल्क पुर्‍याएको छ। बाइकमा अन्त:शुल्कको नयाँ व्यवस्थाले होन्डाको साइन,सिडी ११० ड्रिमको मूल्य यथावत हुनेछ भने होन्डाको सिबी हर्नेट १६० आर र सीबी युनिकर्न १६०को मूल्य बढ्नेछ। हिरोको स्प्लेन्डर प्रो, एचएफ डिलक्स, एचिभर १५०, सुपर स्प्लेन्डर, स्प्लेण्डर आइस्मार्ट ११०, स्प्लेन्डर प्लस, प्लेजर स्कुटर र ड्युट १ सय ५० सीसी भन्दा कमका बाइक हुन्।

बाइकमा अन्त:शुल्क निर्धारणले हिरोको बाइक बिक्री गर्नेलार्इ फाइदा हुने देखिएको छ। हिरोको करिज्मा र करिज्मा आर दुर्इ सय सीसी माथिको बाइक हो। यामाहाको एफजेड एफ १,एफजेड एस एफ १,स्यालुटो,एसजेड-आरआर भर्सन २.० को मूल्य यथावत रहनेछ। यामाहाको फ्यासिनो र रे जेडको मूल्य यथावत रहनेछ।बाइकमा सीसी अनुसार अन्तशुल्क निर्धारणले सबैभन्दा बढी बजाजलार्इ समस्यामा पार्नेछ। पल्सरको २२० एफ,आरएस २००,एएस २००, १८०,एनएस २००,एनएस १६० को मूल्य बढ्नेछ।

पल्सर एएस १५० र पल्सर १५० को मूल्य यथावत रहनेछ। डिस्कभर १५० एफ र डिस्कर १ सय २५ सीसीको मूल्य यथावत रहनेछ। एभेन्जर २२०को मूल्य बढ्नेछ भने १ सय ५० को यथावत रहनेछ। महिन्द्राको सेन्टुरो र प्यान्टुरोको मूल्य यथावत रहनेछ। टिभिएसको अपाचे १६० सीसीको मूल्य बढ्ने छ। टिभिएसको स्टारसिटीको मूल्य यथावत रहनेछ।

बजाजको प्लाटिना बाइकको मूल्य यथावत रहनेछ। यस्तै डुकाटी बाइकको मूल्य ६ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ। नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका पूर्व अध्यक्ष शेखर गोल्छाले बाइकको मूल्य न्यूनतम १५ हजार बढ्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell