PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

तेस्रो मधेश आन्दोलनका शहीद परिवारलाई जागिर दिन सुरु, डेढ महिने जागिर कि भद्दा मजाक?

तेस्रो मधेश आन्दोलनका शहीद परिवारलाई जागिर दिन सुरु, डेढ महिने जागिर कि भद्दा मजाक?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रदेश २ को सरकारले ‘एक शहीद परिवार एक रोजगारी’ भन्दै शहीद पत्नीलाई डेढ महिने करार सेवामा नियुक्त गरेको छ। प्रदेश सरकारले पहिलो बैठकले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याएको भन्दै शहीद पत्नीलाई डेढ महिने जागिर दिएको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद परिवारलाई रोजगारी दिने विषय समेटिएको निर्देशिका मंगलबारमात्रै पारित भएको थियो। उक्त निर्देशिका पारित भएपछि आज एक शहीद परिवारलाई रोजगारी दिइएको हो।

तेस्रो मधेश आन्दोलनको क्रममा शहीद भएका महोत्तरीका रामविवेक यादवकी पत्नी अनिला यादवलाई मुख्य न्यायाधीवक्ताको कार्यलयमा रोजगारी दिइएको हो।

प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले पहिलोपोस्टसँग भने, ‘मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनका लागि निर्देशिका हिजो पारित भएपछि आज एक परिवारलाई रोजगारी दिइएको हो। शहीद यादवकी पत्नीलाई मुख्य न्यायाधिवक्ताकै कार्यलयमा रोजगारी दिइएको हो।’
झाले अब क्रमिक रुपमा सबै शहीद परिवारलाई रोजगारी उपलब्ध गराउने कार्य अगाडि बढ्ने बताए।


ट्रेन्डिङ पोस्ट

Ncell