काठमाडौं : कोटेश्वर सेतिओपी युवा क्लबको आयोजनामा सेतिओपी अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजाना हुने भएको छ। क्लबले यही जेठ १९ देखि २६ सम्म विभिन्न १० स्कुललाई मावेश गरेर प्रतियोगिता गर्न लागेको बुधवार जनाएको छ।
आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १० वटा प्लस टु तथा स्कुलहरुको सहभागिता रहने क्लबका अध्यक्ष रवि रिमालले बताए।
सहभागि टोलीहरुमा मोर्डन इन्डियन स्कुल, डिएभि सुशिल केडिया स्कुल, केएमसी स्कुल, काष्ठमण्डप विद्यालय, ल्याब्रोटर उमावि, ग्रामर पब्लिव उमावि, पुष्प सदन स्कुल, रातो बंगला स्कुल, कान्जिरोवा उमावि कोलम्बस उमावि छन्।
१० टोलीलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइने र दुवै समूहको उत्कृष्ट दुई टोली सेमिफाइनल पुग्नेछ।
प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी तथा मेडल पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ग्रामर पब्लिक उमाविले २० हजार बराबरको छात्रावृत्ति प्रदान गर्ने क्लबका अध्यक्ष रिमाले बताए।
कुनै बेला सरस्वती युवा क्लबसँगै लिग खेल्न थालेको कोटेश्वर सेतिओपी क्लब आर्थिक समस्याका कारण फुटबल खेलबाट केही समय टाढिएको तर अब आयोजकको रुपमा फुटबलमा पर्किएको रिमालले जानकारी दिए।
यस्तै प्रतियोगिताको संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी समेत रहेका शशी रिमालले लुकेर रहेर नयाँ प्रतिभा खोज्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए।
अब आर्थिक स्रोत राम्रो बनाएर १/२ वर्पछि आफैँ फुटबल खेल्न थाल्ने उनले जानकारी दिए।