
काठमाडौँ : नेपालको दुई उमेर समूहका महिला फुटबल टोलीले एएफसीको छनोट प्रतियोगिता खेल्ने भएको छ।
एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपाल, थाइल्याण्ड, भारत, पाकिस्तान र सिंगापुर समूह बी मा छ। यस समूहका खेलहरु थाइल्याण्डमा हुनेछ।
यस्तै एएफसी यू-१६ च्याम्पियनसिपको क्वालिफायर नेपालले नै आयोजना गर्दैछ। समूह ई मा रहेको नेपालले क्वालिफायरमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरियासँग खेल्नेछ।
कूल ३० राष्ट्रलाई क्वालिफायरमा ६ समूहमा विभाजन गरिएको छ।
२०१७ मा भएको संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापान भने सिधै अन्तिम प्रतियोगिताको लागि छनोट भएको छ।
यस्तै यू-१९ तर्फ पनि यी तीनै टिम अन्तिम चरणका लागि छनोट भइसकेका छन्। बाँकी २७ टोलीले अन्तिम चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। ६ समूहका विजेता सिधै छनोट हुनेछन् भने दुई उत्कृष्ट समूह उपविजेता पनि अन्तिम चरणमा पुग्नेछन्।
यू-१६ तर्फ पनि ६ समूहका समूह विजेता र उत्कृष्ट दुई उपविजेता अन्तिम चरणमा पुग्नेछन्।