PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

फेसबुकका संस्थापक जुकरबर्गलाई रुसको संसदमा सम्बोधन गर्ने निम्तो



पहिलोपोस्ट

फेसबुकका संस्थापक जुकरबर्गलाई रुसको संसदमा सम्बोधन गर्ने निम्तो
Photo: CNBC.com

मस्कोः रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए।

“हामीले उनलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उनको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भने।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell