PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एकताको दुई सातामै नाम परिवर्तन गर्दै नेकपा



पहिलोपोस्ट

एकताको दुई सातामै नाम परिवर्तन गर्दै नेकपा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता भएको दुई सातामा नै आफ्नो नाम परिवर्तन गर्ने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो। 

पार्टीका हरेक कार्यालय र दस्ताबेजमा नेपाल कम्युनिष्ट पार्टी राखिए पनि निर्वाचन आयोगमा दल दर्ताका लागि दर्ता गरिएको निवेदनमा भने नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो।
 
निर्वाचन आयोगमा यस अगाडि नै ऋषि कट्टेल नेतृत्वको पाटी नेपाल कम्युनिष्ट पार्टीको नाममा दर्ता रहेको छ। त्यसैले नेपाल कम्युनिष्ट पार्टीको नाममा नयाँ दल दर्ता गर्न नमिल्ने हुँदा निर्वाचन आयोगमा जेठ ३ गर्ते पार्टी एकीकरण लगत्तै निर्वाचन आयोगमा नेपाल कम्यनिष्ट पार्टी दर्ताका लागि निवेदन दर्ता भएको थियो। 

यसबीच आयोगले नेपाल कम्युनिष्ट पार्टी समेत दर्ता गर्न नमाने पछि नाम परिवर्तन नाम परिवर्तन गर्न लागिएको स्रोतले जानकारी दियो।
 
नेपाल कम्युनिष्ट पार्टी’का संसदीय दलका नेता तथा दल दर्ताका लागि गठित कार्यदलका संयोजक समेत रहेका सुवास नेम्वाङका अनुसार अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनेर दल दर्ता गरिने छ। 

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरिँदै छ। ‘आज नै यससम्बन्धी सम्पूर्ण कागजपत्र र दलदर्ताका लागि आवेदन आयोगमा दर्ता गर्छौँ,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी राख्न केही समस्या देखियो। त्यसैले नाममा केही परिवर्तन गर्न लागेका हौँ।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell