काठमाडौं: दाङकी कल्पना श्रेष्ठले 'मिसेस नेपाल एलिगेन्स–२०१८'को ताज जितेकी छिन्। ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि जितेकी हुन्।
र्याम्प जोनद्धारा राजधानीको जमल स्थित नाचघरमा आयोजित प्रतियोगितामा कल्पनाले पोजेटिभ एटिच्युटको उपाधि सहित पाँच हजार रुपैयाँ, तीन महिनाको व्युटिसयन कोर्ष, जुम्बा कोर्ष र अन्य उपहार पाईन्।
प्रतियोगितामा काठमाडौंकी सविना महर्जन मिसेस फोटोजेनिक सहित फस्ट रनरअप र जनकपुरकी लक्ष्मी शर्मा सेकेन्ड रनरअप भए। कुमारी गुरुङ मोस्ट पपुलर, भिवर्स च्वाईस र बेस्ट फिटनेश, रुमा शाक्य बेस्ट क्याटवाक र बेस्ट पर्सनालिटी, गृष्मा प्रधान बेस्ट स्माईल, शोभा श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना गुरुङ सिवाकोटी बेस्ट हेयर, मानमती कार्की मोस्ट डिसिप्लेन, मञ्जु क्षत्री मोस्ट व्युटीफुल र मन्दिरा केसी बेस्ट स्किनसँगै मोस्ट ट्यालेन्ट घोषित भए। प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए।
प्रतियोगिताका निर्णायकमा पत्रकार डब्बु क्षत्री, संगीतकार, पत्रकार सरोज प्याकुरेल, अभिनेत्री रेजिना उप्रेती, फेशन डिजाईनर मनिषा डँगोल श्रेष्ठ र मिसेस नेपाल ग्रान्डकी उप बिजेता एलिना ध्वजु सुवेदी उपस्थित थिए।