PahiloPost

May 15, 2026 | १ जेठ २०८३

विम्स्टेक शिखर सम्मेलनको मिति बारे छलफल 



पहिलोपोस्ट

विम्स्टेक शिखर सम्मेलनको मिति बारे छलफल 
Photo: MOFA

काठमाडौँ :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र विम्स्टेकका नवनियुक्त महासचिव सहिदुल इस्लामबीच विम्स्टेकको आगामी शिखर सम्मेलन तयारीका विषयमा छलफलल भएको छ। बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इस्लाम महासचिवको पदवहाली गरेसँगै अध्यक्ष राष्ट्र नेपालको तीन दिने भ्रमणमा आएका हुन्। 

आगामी नेपालले आगामी महिना विम्स्टेकको सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ। छलफलमा बिम्स्टेकको आगामी शिखर सम्मेलन सबै सदस्य राष्ट्रको अनुकुलतामा नेपालमा मिति तय गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यस्तै नवनियुक्त महासचिव इस्लामलाई पदबहालीको बधाई दिँदै मन्त्री ज्ञवालीले बिम्स्टेक मातहत हुने सहयोगको आदानप्रदानबाट यस क्षेत्रकै जनताको समृद्धिमा ठोस नतिजा देखिनुपर्ने बताएका थिए। 

यसैबीच महासचिव इस्लामले बुधबार नै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसँग समेत शिखर सम्मेलनका विषयमा छलफल गरेका थिए। 
यता महासचिव इस्लामले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग समेत शीतल निवासमा पुगेर शिष्टाचार भेट गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell