काठमाडौं: फिल्म 'कस्मिक लभ' बन्ने भएको छ। फिल्मका लागि कलाकार प्रशान्त ताम्राकार, अर्पण थापा र दीया मास्के फाइनल भएका छन्।
फिल्मलाई शंकर अधिकारीले निर्देशन गर्ने भएका हुन्। जय गौतमले निर्माण गर्ने फिल्मका लागि अन्य कलाकार छनोट गर्ने काम भैइरहेको छ। मुभी मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुरज प्रधानको प्रस्तुति रहनेछ।
यहि असार १ गतेबाट फिल्मको छायाँकन शुरु हुनेछ। फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश बज्रचार्यको छायाँकन, शेखर ज्ञावालीको कथा र बाबु साहेबको द्वन्द रहनेछ।