PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सूर्य चिन्ह लिएर सांसद बनेका त्रिपाठीको बजेट प्रति अाक्रोस: हामीले चन्दा होइन आयोजना मागेका हौँ



पहिलोपोस्ट

सूर्य चिन्ह लिएर सांसद बनेका त्रिपाठीको बजेट प्रति अाक्रोस: हामीले चन्दा होइन आयोजना मागेका हौँ

काठमाडौंः प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु भएको छ। बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद हृदयेश त्रिपाठीले अर्थतन्त्रको अप्ठ्यारो बेलामा बजेट ल्याइएको भन्दै सकारात्मक रहेको बताएका छन्। 

‘हामी त्यसलाई बुझ्न सक्छौँ। बजेट राजनीतिक शासकको नियमबाट चल्दै अर्थशास्त्रको नियमबाट चल्छ,’ उनले भने, ‘धेरै सकारात्मक विषय समेटिएका छन्। बाध्यतावश पनि अहिलेको बजेट परम्परागत हुन सक्दैन। भ्याट फिर्ताको विषय सकारात्मक छन्।’

तत्कालीन नेकपा एमालेका चुनाव चिन्ह सूर्य लिएर निर्वाचित भएका सांसद त्रिपाठीले चुनावपछिका घोषणा भएका योजना परेनन् भनेर रोदन गर्नुको औचित्य नभएको समेत बताए। 

‘साधारण खर्च बढी छ। विकास खर्च कम छ। तर, हामीकहाँ अहिले पनि विकास खर्च गर्न सक्ने क्षमता राज्यसंयन्त्रसँग छैन,’ उनले भने, ‘यही खर्च पनि गर्न सक्ने अवस्थामा हामीकहाँ छैन। गैर बजेटरी खर्च अघिल्लो सरकारले उच्चतम बिन्दुमा पुर्‍याएको छ। अनुशासनहीन खर्च थियो। त्यो अर्थमन्त्रीले रोक्नुपर्छ ।’ 

उनले किसानको रकम भुक्तानी ग्यारेन्टीको कानुनी व्यवस्था गर्नुपर्ने बताए।

‘स्थानीय विकास साझेदार कार्यक्रममा ट्रयापमा परेँ भन्नुभएको छ –यस्तो क्राइटेरिया बनाएर पैसा दिनुको कुनै औचित्य छैन बरु फिर्ता लिनुस्,’ उनले भने, ‘हामीले चन्दा मागेका हैनौँ आयोजना मागेको हौँ।’

उनले एनजिओको कार्यक्रम रद्द गर्न माग समेत गरे। ‘बाहिर एनजिओवादी बुद्धिजीवीले हल्ला गरेको जस्तो हैन। विगत तीन दशकदेखि एनजिओको रकम बजेट प्रणाली राष्ट्र बैंक कसैलाई थाहा हुँदैन,’ उनले भने, ‘त्यस्तो प्रकारको कार्यक्रम रद्द गर्नुस्। फिर्ता लिनुस्।’ 

उनले सेनाले फास्ट ट्र्याक बनाउन नसक्ने समेत दाबी गरे। ‘सेनाको नेतृत्वबाट फास्ट ट्रयाक बन्दैन। यो मैले अनुभवबाट भनेको छु,’ सांसद त्रिपाठीले भने, ‘यो नबनाउनका लागि दिएको हो। सरकारले गम्भीर बनोस्। सेनाको क्षमता छैन।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell