PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

बजेटले संघीयतालाई बलियो होइन कमजोर बनायोः राजपा सांसद भण्डारी



पहिलोपोस्ट

बजेटले संघीयतालाई बलियो होइन कमजोर बनायोः राजपा सांसद भण्डारी

काठमाडौं : राष्ट्रिय जनता पार्टीका सांसद सरदसिंह भण्डारीले सरकार संघीयतालाई कमजोर बनाउन लागेको आरोप लगाएका हुन्।

प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 

‘सरकारलेसंघीयतालाई बलियो बनाउने भन्दै पनिसंघीयतालाई कमजोर बनाउने दिशा तर्फ बजेट लागेको छ, उनले भने ‘६७ प्रतिशत बजेट केन्द्रीय सरकारको अधिनमा रहेको छ, ३३-३४ प्रतिशत बजेट मात्र प्रदेश र स्थानीय तहमा छ । प्रदेशभन्दा स्थानीय तहमा बजेट बढी छ।’
उनले बजेट वितरणमा सामान्य सिद्धान्तहरूलाई समेत पालना नगरिएको बताए। जनसंख्या, मानव विकास सूचकांकलाई बजेट निर्माणका क्रममा नजरअन्दाज गरिएको बताए। 

उनले जनसंख्याको हिसाबले दोस्रो ठूलो प्रदेश प्रदेश २ लाई बजेटका हिसाबले ‘पाँचौँ– छैँठौँ’मा पारिएको भन्दै उनले विरोध गरे। नेता भण्डारीले कृषि क्षेत्रमा बजेट घटाएको भन्दै विरोध जनाए।   

‘जनसंख्या र समानुपातिक नीतिलाई अवलम्बन बजेटले गर्न सकेन। जनसंख्याका आधारमा दुई नम्बर प्रदेश दोस्रो स्थानमा छ। तर, बजेटले त्यो प्राथमिकता दिन सकेन। जुन आशा र अपेक्षाका साथ बजेटलाई हेरिएको थियो त्यो पूरा हुन सकेन्।’

८ प्रतिशतको आर्थिक वृद्धि पूरा गर्न हाम्रो देशमा कृषि उपजबाट मात्र सम्भव भएको भन्दै उनले कृषि क्षेत्रमा बजेट घाटाइएको आरोप लगाए। 
उनले श्वेतपत्रमा आधारित बजेट हुन नसकेको समेत बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell