PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डान्स बारमा प्रहरीको छापा, बालबालिकाको उद्दार



पहिलोपोस्ट

डान्स बारमा प्रहरीको छापा, बालबालिकाको उद्दार
प्रतीकात्मक चित्र

काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न डान्सबार, रोधीघर तथा होटेलमा छापा मारेको छ। गोगंवु, ठमेल, कोटेश्वर, वानेश्वर, बालाजु, लगायतका क्षेत्रमा संचालित होटल र डान्स रेष्टुरेन्टहरुमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। छापा मार्दा प्रहरीले ३९ जना बालबालिकाको उद्धार गरेको छ।  

वेवो डान्स रेष्टुरेन्ट, रिभर साइड डान्स रेष्टुरेन्ट, रक डान्सवार, टाइगर टप रेष्टुरेन्ट, न्यु टाउन रेष्टुरेन्ट एण्ड वाट लगायतबाट नावालकहरुलाई जवरजस्ती काम लगाउने, शारीरिक एवम् मानसिक दुर्व्यवहार गर्ने, पारिश्रमिक नदिने, कुटपिट तथा डर त्रास देखाई काम गर्न लगाएको भेटिएको परिसरका डिएसपी मोहनकुमार थापाले जनाकारी दिए। उद्दार गरिएका बालबालिकामध्ये ७ जनालाई  सिविन नेपालमा र ३२ जनालाई  माइती नेपालमा पठाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell