PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कर्णालीको दुर्गममा हवाई सेवा सुरु गर्दै सीता एअर, विमानस्थल खोजी गर्दै प्रदेश सरकार 



पी बी खड्का

कर्णालीको दुर्गममा हवाई सेवा सुरु गर्दै सीता एअर, विमानस्थल खोजी गर्दै प्रदेश सरकार 

सुर्खेत : सीता एअरले कर्णाली प्रदेशको दुर्गम जिल्लाहरुमा हवाई सेवा सुरु गर्ने भएको छ। सीताले कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा उडान गर्ने भएको हो। 

सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा शुरु गर्ने जनाएको छ। अहिलेसम्म प्रदेशको राजधानी सुर्खेतसँग हवाई सेवा नजोडिएका जिल्लाहरु सीता एअरले जोड्ने प्रतिवद्धता जनाएको हो। 

कर्णाली प्रदेशको विकास र पर्यटन क्षेत्रलाई थप माथि उठाउन सघाउने भन्दै हवाई सेवा सुरु गर्न लागिएको सीता एअरले जनाएको छ। 
प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने उनको भनाई छ। सीता एअरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्य र कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका उप-सचिव वेसिन्दराज सुवेदीले हवाई सेवा सञ्चालन गर्ने सहमति गरेका छन्। 

कर्णालीका दुर्गम क्षेत्रका नागरिकहरु अहिले सम्म नेपालगञ्जबाट सुर्खेत आउनुपर्ने बाध्यता छ। सोही बाध्यतालाई मध्नजर गर्दै सीता एअरलाई हवाई सेवा सुरु गर्न आग्रह गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। 

भर्खरै सिधा सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्न पहल गरेको प्रदेश सरकारले कर्णालीका विकट जिल्लाहरुलाई हवाई सेवा मार्फत् जोड्ने पहल गरेको मुख्यमन्त्री शाहीको भनाई छ।

सेवा सुरुसँगै यहाँका नागरिक प्रदेश ५ को नेपालगञ्ज विमानस्थल मार्फत् आवत-जावत गर्ने बाध्यताबाट मुक्त हुनेछन्। 

यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाई सेवाको प्रयोग गरी सुर्खेत आवत-जावत गर्न नेपालगंजदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्छ।
 

विमानस्थलको खोजी गर्दै प्रदेश सरकार

प्रदेशको राजधानी सुर्खेतको विमानस्थलबाट कर्णालीका विकट जिल्लाहरु जोड्ने र त्यहाँको विकास र समृद्धिमा टेवा पुग्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले बताए। अब कर्णालीको समृद्धिका लागि हवाई यातायात अनिवार्य भएको भन्दै यहाँको स्रोत साधनलाई परिचालित गर्न सहयोग पुग्ने बताए। 

सीता एअरले कर्णालीका पछाडि परेको जिल्लालाई जोड्ने आँट गरेको भन्दै यसका लागि प्रदेश सकार अब अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययनमा लागेको उनले बताए।

‘कर्णालीमा ठूला विमान बस्ने एयरपोटको कमी छ,’ उनले भने, ‘सरकारले ठूला विमान अट्न सक्ने क्षमता भएको स्थानको खोजी गरिरहेको छ।’ अन्य विमानस्थलको विकल्प नभएसम्मका लागि सोही विमानस्थललाई थप सुधार गर्ने उनले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell