PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

इपीएल २०१८ को डिजिलटल ब्रोडकास्टर राइट नेपालफ्लिक्सलाई



पहिलोपोस्ट

इपीएल २०१८ को डिजिलटल ब्रोडकास्टर राइट नेपालफ्लिक्सलाई

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को डिजिटल ब्रोडकास्ट पार्टनरको रुपमा इपीएल प्रालीले नेपालफ्लिक्ससँग सम्झौता गरेको छ।

सम्झौतापछि अब इपीएललाई नेपालफ्लिक्सले विश्वभर नै डिजिटल ब्रोडकास्टिङ गर्नेछ।

गत संस्करणमा अफिसियल ब्रोडकास्ट पार्टनरको रुपमा रहेको एपीवान एचडीले टेलिभिजनसहित डिजिटल ब्रोडकास्ट समेत गरेको थियो।

अब २०१८ मा एपीवानले टेलिभिजनबाट लाइभ गर्नेछ भने नेपालफ्लिक्सले युट्युव लगायत अन्य डिजिटल मिडियामा ब्रोडकास्ट गर्नेछ।

इपीएल प्रालीका एमडी आमिर अख्तर र नेपालफ्लिक्सका चिफ अपरेटिङ अफिसर करेल कुइपेरीले सम्झौता पत्र आदानप्रदान गरे।

इपीएलका एमडी अख्तरले यो सम्झौता दुवैको लागि विन विन सिचुएसन भएको बताए। उनले कति रकममा सम्झौता भएको भन्ने खुलाएनन्। इपीएललाई संसारभर पुर्‍औयाउनका लागि डिजिटल पार्टरको रुपमा नेपालफ्लिक्सँग सम्झौता गरेको उनले बताए।

यस्तै नेपालफ्लिक्सका कुइपेरीले इपीएलसँग जोडिन पाउँदा एकदमै खुशी लागेको बताए। 'गत वर्ष हामीले इपीएलमार्फत नेपाली क्रिकेट विकास भइरहेको देख्यौँ। यस्तै नेपालले ओडिआई स्ट्याटस समेत पाएको छ। २०१४ मा नेपालले टी-२० विश्वकप समेत खेलेको थियो। क्रिकेट विकास हुँदैछ। हामीले खेलको प्रत्यक्ष प्रशारण गरेपछि सबैले एकैपटक हेर्न पाउँछन्।' कुइपेरीले भने।

उनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell