PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सुन काण्डका एसएसपी खत्रीको बयान सकियो



पहिलोपोस्ट

सुन काण्डका एसएसपी खत्रीको बयान सकियो

विराटनगर : सुन प्रकरणमा अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ। 

जिल्ला अदालत मोरङले बिहीवार बयान लिएको हो। एसएसपी खत्रीसँग पाँच घन्टा लामो बयान भएको हो। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेलगत्तै उनी बिहीवार अदालत पुगेका हुन्। अब उनीमाथि थुनछेक बहस हुनेछ। प्रतिवादीका तर्फबाट हेमराज पन्त र सरकारका तर्फबाट पूण्यप्रसाद पाठकले बहस गर्नेछन्। 

एसएसपी श्याम खत्रीले विमानस्थलमा कार्यरत हुँदा सुन तस्करीलाई सहयोग गर्ने गरेको गोरेले बयान दिएका छन्। खत्रीले विमानस्थलबाट एक किलो सुन बाहिर ल्याउँदा पचास हजार रुपैयाँसम्म लिने गरेको गोरेको दाबी छ। अन्य अभियुक्तहरुले पनि उनीविरुद्ध वयान दिएका छन्।

गोरेकै बयानलाई मान्ने हो भने एसएसपी खत्रीले अहिलेसम्म ५ सय किलो सुन विमानस्थलबाट बाहिर्यापएका छन्। एसएसपी खत्री २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बरामद गरेको ३३ किलो सुन प्रकरणमा समेत पक्राउ परेका थिए। अन्ततः खत्रीलाई अदालतले धरौटीमा छोडेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell