
रियल मड्रिडलाई लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदानले ५ दिनपछि क्लब छाड्ने घोषणा गरेका छन्।
४५ वर्षीय जिदानले क्लबलाई फरक आवाज चाहिएको भन्दै क्लको प्रशिक्षक पदबाट 'स्टेप डाउन' गरेका हुन्।
न्युज कन्फ्रेन्जमा बोल्दै जिदानले सबै विषय परिवर्तन हुने भन्दै त्यसै कारणले आफूले यस्तो निर्णय लिएको बताए।
सन् २०१६ को जनवरीमा रियल मड्रिडको प्रशिक्षक बनेको जिदानले क्लबलाई लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताउनुका साथै १ पटक ला लिगा च्याम्पियन समेत बनाए।
‘म यो क्लबलाई माया गर्छु,’ जिदानको भनाईलाई बीबीसीले उल्लेख गरेको छ।
‘मेरो विचारमा यो टिमले जितलाई निरन्तरता दिनुपर्छ तर मलाई लाग्छ क्लबलाई परिवर्तन आवश्यक छ, एउटा फरक आवाज, अर्को मेथोडोलोजी। त्यो नै मेरो निर्णयको कारण हो।’
३ वर्षको लिगको प्रशिक्षक रहदा जिदानले ३ च्याम्पियन्स लिग र १ ला लिगाका साथै २ युइएफ सुपर कप, २ फिफा क्लब वर्ल्ड कप र १ स्पानिस सुपर पको उपाधि पनि जिते।