PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बजेटपछिको दोस्रो दिन पनि लाग्यो सेयर ओरालो, लगानीकर्ताको मनोबल किन घट्यो?



पहिलोपोस्ट

बजेटपछिको दोस्रो दिन पनि लाग्यो सेयर ओरालो, लगानीकर्ताको मनोबल किन घट्यो?

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बजेटमा व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पूँजीगत लाभकर ५० प्रतिशत बढेपछि शेयर बजार घट्दो क्रममा देखिएको छ।

साताको अन्तिम दिन बिहीबार शेयर बजार १४.६१ अंकले घटेर १३०७.६६ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९३ अंकले घटेर २७५.२८ अंकमा झरेको छ।

बजेट मार्फत पूँजीगत लाभकर ५० प्रतिशत बढेका कारण लगानीकर्ताको मनोबल खस्किँदा शेयर बजार घटेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

‘बजेटमा धेरै नीतिगत कुरा स्पष्ट भएको छ। तर पनि बजार घटेको छ। यो स्वभाविक होइन,’ उनले भने।  लगानीकर्ताले सरकारलाई पूर्ण रुपमा अझै विस्वास गर्न नसकेको संकेत गरेको उनको तर्क छ।

लगानीकर्ताले अहिलेको नीतिले दीर्घकालमा पार्ने प्रभावलाई अझै बुझ्न नसक्दा यस्तो समस्या देखिएको अर्यालको भनाइ छ। अहिलेको नीतिले दीर्घकालमा सकारात्मक प्रभाव पार्ने भएकाले लगानीकर्ताले सुझबुझका साथ लगानी गर्नुपर्ने अर्यालले सुझाव समेत दिए।

बिहीवार १६५ कम्पनीका सात लाख कित्ता शेयर ३४ करोड ५९ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल टेलिकमको दुइ करोड ८२ लाख रुपैयाँ वरावरको कारोवार भयो।

उपसूचक मिस्रित देखिएका छन्। कारोवारमा आएका १० उपसूचकमा ट्रेडिङ् बाहेक सबै घटेका छन्। ट्रेडिङ २.९६ अंकले बढेको छ। बैंक १२.३४, होटल २२.३१, विकास बैंक १२.४७, जलविद्युत १७.३६, फाइनान्स ०.३, बीमा ११५.७२, उत्पादन मुलक २५.२, अन्य ४.६१ र लघुवित्त १७.५७ अंकले घटेका छन्।

सुर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी २.०६ प्रतिशत कमाए।मेगा बैंकका शेयरधनीले करिब १० प्रतिशत गुमाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell