PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुनकाण्डमा एसएसपी खत्री फेरि कारागार चलान, गोरे रहेको जेलमा नराख्न माग



अनन्तराज न्यौपाने

सुनकाण्डमा एसएसपी खत्री फेरि कारागार चलान, गोरे रहेको जेलमा नराख्न माग

विराटनगर : सुन प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ। 

जिल्ला अदालत मोरङले बिहीवार बयान र थुनछेक बहसपछि जिल्ला कारागार मोरङ पठाउन आदेश दिएको हो। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीवार अदालतमा पुगेका हुन्।  

सुन प्रकरणका चर्चित तस्कर गोरे मोरङ जिल्ला कारागारमा रहेकोले आफू असुरक्षित भन्दै उनले झुम्का कारागारमा लैजान माग गरेका छन्। सुन प्रकरणमा समातिएका गोरेबाहेकका अभियुक्त पनि झुम्कामै राखिएका छन्।

अदालतको बयानमा एसएसपी खत्रीले सुन तस्करी गरेको अस्वकार गरेका छन्।

पढ्नुस : सुन तस्करी भएको थाहै छैन : एसएसपी श्याम खत्री


एसएसपी श्याम खत्रीले विमानस्थलमा कार्यारत हुँदा सुन तस्करीलाई सहयोग गर्ने गरेको गोरेले बयान दिएका थिए। खत्रीले विमानस्थलबाट एक किलो सुन बाहिर ल्याउँदा पचास हजार रुपैयाँसम्म लिने गरेको गोरेको दाबी छ। अन्य अभियुक्तहरुले पनि उनीविरुद्ध वयान दिएका छन्।

गोरेकै बयानलाई मान्ने हो भने एसएसपी खत्रीले अहिलेसम्म ५ सय किलो सुन विमानस्थलबाट बाहिर्यापएका छन्। एसएसपी खत्री २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बरामद गरेको ३३ किलो सुन प्रकरणमा समेत पक्राउ परेका थिए। अन्ततः खत्रीलाई अदालतले धरौटी बुझाएर छोडेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell