PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सन्दीपको अर्को फड्को : विश्व ११ को पहिलो रोजाईँमा, शाहिद अफ्रिदिको टिमबाट वर्ल्ड च्याम्पियन टिमविरुद्ध खेल्दै



पहिलोपोस्ट

सन्दीपको अर्को फड्को : विश्व ११ को पहिलो रोजाईँमा, शाहिद अफ्रिदिको टिमबाट वर्ल्ड च्याम्पियन टिमविरुद्ध खेल्दै

काठमाडौं : नेपाल युवा लेगस्पीनर सन्दीप लामिछानले अर्को महत्वपूर्ण उपलब्धी हात पारेका छन्। आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै चर्चित बनेका १७ वर्षिय युवा टार सन्दीप लर्ड्समा हुने टी-२० च्यारिटी म्याचको लागि आइसीसी विश्व ११ को पहिलो रोजाईँमा परेका छन्।

आइसीसीको आधरिकारिक टी-२० म्याचको रुपमा रहेको यो खेलमा विश्व ११ ले टी-२० को वर्ल्ड च्याम्पियन वेष्ट इन्डिजसँग खेल्नेछ।

सन्दीपको लागि यो पहिलो टी-२० इन्टरनेशनल म्याच हुनेछ।

क्यारेवियन क्षेत्रमा गत वर्ष गएको आँधीका कारण प्रभावित क्षेत्रमा क्रिकेट स्टेडियमा पुन निर्माण गर्का लागि यो च्यारिटी खेल आयोजना भएको हो।

विश्व ११ को कप्तानी पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदिले गर्नेछन्। यस्टै उक्त टिममा तममि इकवाल, लुक रोन्ची, साम बिलिङ्स, दिनेश कार्तिक, सोएब मल्लिक, शाहिद अफ्रिद, थिसारा परेरा, मिचेल म्यालेनघान, सन्दीप लामिछाने र टायमल मिल्स छन्।

यस्तै वेष्टइन्डिजको कप्तानी कार्लोस् ब्रेथवेइटले गर्नेछन् भने टिममा एभिन लेविस, क्रिस गेल, मार्लोन सामुएल्स, आन्द्रे फ्लेचर, दिनेश रामदिन, आन्द्रे रसेल, किमो पल, एस्ले नर्स, सामुएल ब्रदी र केसरिक विलियम्स छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell