PahiloPost

May 15, 2026 | १ जेठ २०८३

चीनमा भएको प्रि विश्वकप प्याराग्लाईडिङ्गमा नेपाललाई कास्य



पहिलोपोस्ट

चीनमा भएको प्रि विश्वकप प्याराग्लाईडिङ्गमा नेपाललाई कास्य

काठमाडौं : मित्र राष्ट्र चीनको हेनान राष्ट्रको लिनझाउमा भएको २०१८ चाईना लिनझाउ प्याराग्लाईडिङ्ग प्रि बिश्वकपमा नेपाललाई कास्य पदक प्राप्त भएको नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताएका छन्।

यहि मे २६ देखि ३१ तारिखसम्म भएको प्रतियोगिताको आज भएको फाईनलमा व्यक्तिगत क्रसकन्ट्रीतर्फ नेपालका बिशाल थापाले उच्च प्रदर्शन गर्दै कास्य पदक जितेका थिए। प्रतियोगितामा आयोजक चीन प्रथम र रशिया दोश्रो भएको थियो।

एशियाली खेलमा पनि समावेश भएको प्याराग्लाईडिङ्ग खेलबाट नेपालले पदक आशा गरिरहेकोमा यो नेपालीहरुको लागि निकै खुशीको कुरा भएको र यसले थप हौशला प्रदान गरको बिशाल थापाले बताए।

प्रतियोगितामा विश्वका १९ राष्ट्रको सहभागिता रहेको थियो। प्रतियोगितामा नेपालबाट ७ खेलाडीहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell