PahiloPost

May 15, 2026 | १ जेठ २०८३

स्पेनमा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव



पहिलोपोस्ट

स्पेनमा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव

स्पेनमा प्रधानमन्त्री मारिआनो राखोएविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी सोसलिष्ट पार्टीले राखोएविरुद्ध प्रस्ताव दर्ता गरेको हो। प्रस्तावमा शुक्रबार मतदान हुँदैछ। भ्रष्टाचारको आरोपमा पिपुल्स पार्टीका प्रधानमन्त्री राखोएविरुद्ध प्रस्ताव दर्ता भएको हो।

अविश्वासको प्रस्ताव पारित भएमा उनी पदमुक्त हुनेछन्। उनी पदमुक्त भएमा सोसलिष्ट पार्टीका नेता पेड्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ। प्रस्तावको पक्षमा बुहमत पुर्‍याउन १७६ मतको आवश्यक पर्ने बीबीसीले जनाएको छ।

बास्क नेशनालिष्ट पार्टीले अविश्वासको प्रस्तावको पक्षमा सोसलिष्ट पार्टीलाई साथ दिँदैछ।

सान्चेजले अविश्वासको प्रस्तावमा मतदान हुनु पहिले प्रधानमन्त्री रखायाले राजीनामा दिनुपर्ने माग गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell