PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पाल्पामा बस दुर्घटना पाँच जनाको मृत्यु, १२ घाइते



चन्द्रकान्त खनाल

पाल्पामा बस दुर्घटना पाँच जनाको मृत्यु, १२ घाइते

रुपन्देहीः पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिन भन्ने ठाउँमा दुर्घटना भएको छ। रिजर्भमा गएको बस रम्घा गाउँपालिका वडा नं ४ हुमिनमा बिहान ९ बजे दुघटना भएको पाल्पा प्रहरीले जनाएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ यात्रु घाइते भएका छन्। 

घटनास्थलमा अहिले प्रहरी पुगेको र उद्धार कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी प्रवीण आर्चायका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको छ। बसमा १७ जना यात्रु रहेको प्रहरीको भनाई छ।

तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका  प्रतिनिधिहरु अवलोकन भ्रमणमा हिँडेका थिए। क्षतिको यकिन विवरण आउन बाँकी छ। अप्ठेरो भीर र पानी परेकोले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell