PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेपाल आइसीसी वान डे वरीयतामा, पूर्ण वरीयतामा रहन कम्तिमा ४ खेल खेल्नुपर्ने



पहिलोपोस्ट

नेपाल आइसीसी वान डे वरीयतामा, पूर्ण वरीयतामा रहन कम्तिमा ४ खेल खेल्नुपर्ने
फाइल फोटो

काठमाडौं : नेपाल आइसीसीको वान डे वरीयतामा समावेश भएको छ। आइसीसीले नेपालसँगै, स्कटल्याण्ड, युएई र नेदरल्याण्ड्सलाई वान डे वरीयतामा समावेश गरेको हो। आइसीसीले शुक्रवार प्रेस रिलिज जारी गर्दै जुन १ बाट यो वरीयता लागु हुने जनाएको छ।

गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ शीर्ष तीनमारहै नेपालले पहिलो पटक वान डे इन्टरनेशनल स्ट्याटस पाएको थियव।

वान डे म्याच खेल्न बाँकी नै रहेको नेपाल अंकविहिन छ र अब म्याच खेलेपछि मात्र अंकसहित पूर्ण वरीयतामा समावेश हुनेछ।

आइसीसीले अहिले १२ फुल मेम्बर तथा स्कटल्याण्ड र युएईलाई मात्र पूर्ण वरीयतामा समावेश गरेको छ।

अब नेपाल र नेदरलेयाण्डले ४-४ खेल खेलेपछि मात्र पूर्ण वरीयतामा समावेश गरिने आइसीसीले जनाएको छ।

अहिले आइसीसीको वान डे वरीयतामा इंगल्याण्ड पहिलो तथा भारत दोस्रो स्थानमा छ।

एसोसिएटतर्फ २८ अक रहेको स्कटल्याण्ड १३औँ तथा १८ अंकका साथ युएई १४औँ स्थानमा छ।

नेदरल्याण्ड्सको १३ अंक छ भने नेपाल अंकविहिन छ। अब नेपाल र नेदरल्याण्ड्सले पुर्ण वरीयतामा पर्न वान डे मयाच खेल्नुपर्नेछ।

नेपालर नेदरल्याण्ड्सबीच अगस्ट १ र ३ मा वानडे इन्टरनेशनल सिरिज हुने यसअघि नै तय भइसकेको छ। जुन नेपालको पहिलो वानडे इन्टरनेशनल म्याच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell