PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विजयलाई कसको याद ? आइसल्याण्डतिर



पहिलोपोस्ट

विजयलाई कसको याद ? आइसल्याण्डतिर

काठमाडौं: गायक विजय घिमिरे युवा स्रोता, दर्शकमा लोकप्रिय छन्। नेपाली गीत संगीतमा उनको छुट्टै मोह देख्न सकिन्छ। विदेशी भुमिमा रहेर पनि उनी नेपाली गीत संगीतमा सक्रिय छन्। लामो समयदेखि लण्डनमा बस्दै आएका उनी युट्यूब कभर गीतहरु मार्फत चर्चामा आएका थिए।

युट्यूबका कभर गीतहरुलाई लाखौं दर्शकले रुचाएपछि उनले आफ्नै गीत सार्वजनिक गर्न थालेका हुन्। त्यसअघि भने उनी कभर गीत मात्र बनाउने गर्थे।

भिजे म्यूजिक नाममा उनले आफ्नो युट्यूब च्यानल मार्फत गीतहरु सार्वजनिक गर्दै आएका छन्। विजलाई 'भिज'को नामले पनि चिनिन्छ। भिजेप्रिती जोडी युट्यूबमा अहिले पनि लोकप्रिय छन्।

विराटनगर निवासी भिजेले आफ्नो अर्को नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।

आइसल्याण्डमा छायाँकन गरिएको याद बालको गीतमा भिजे र जनक राईको स्वर रहेको छ। गीतमा भिजेकै शब्द र संगीत समावेश छन्।  यस आइसल्याण्डमा बलिउड फिल्म दिलवालेको ‘गेरुवा’ बोलको गीतको छायाँकन भएको थियो ।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell